महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता
कञ्चनपुर,२५ साउन । महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन् । आइतबार दिउँसो नुहाउन गएका दुई बालिका बेपत्ता भएपछि अहिले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

भीमदत्त नगरपालिका– ११ का दुई बालिका नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् । प्रहरीका अनुसार ८ वर्षीया जिविका पन्त र ७ वर्षीया सानवी पन्त डुबेर बेपत्ता भएका हुन् ।
उनीहरू आइतबार दिउँसो साढे १ बजेतिर नदीमा नुहाउनेक्रममा बगेर बेपत्ता भएका डीएसपी बोहराले बताए ।
खबर पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले बेपत्ता बालिकाहरूको खोजी गरिरहेका छन् ।

