लोकतन्त्र बचाउन अब फेरि आन्दोलनको तयारी गर्नुपर्ने अवस्था आउँदैछ : कोइराला



काठमाडौं,१८ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा लोकतन्त्र संकटमा परेको बताएका छन्।

विराटनगरमा आयोजित मुक्तिप्रसाद–यदुनाथ चापागाईँ सम्मान कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको प्रभावकारी सञ्चालन नहुनुले लोकतन्त्र खतरामा रहेको बताएका हुन् ।‘लोकतन्त्र बचाउन अब फेरि आन्दोलनको तयारी गर्नुपर्ने अवस्था आउँदैछ’ उनले भने।

कोइरालाले वर्तमान निर्वाचन प्रणालीकै कारण मिलिजुली सरकार बनाउने बाध्यता देखिएको उल्लेख गर्दै, सिद्धान्त र आचरण नत्यागी त्यसो गर्नुपर्नेमा जोड दिए।साथै,पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वविहीन सरकारले जनतालाई सुशासनको अनुभूति दिलाउन नसकेको भन्दै उनले सरकारप्रति असन्तुष्टि व्यक्त गरे।

‘लोकतन्त्रलाई सुदृढ बनाउन सच्चा नेतृत्व र स्पष्ट दृष्टिकोणको आवश्यकता छ,’ कोइरालाको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्