गुम्यो बागमती प्रदेशका मुख्यमन्त्री लामाको कांग्रेस संसदीय दलको नेताको हैसियत



हेटौँडा,३ साउन । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलका नेता बहादुर सिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।

बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठकमा आज भएको लामाविरूद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदको संख्या बढि भएसँगै उनले संसदीय दलको नेताको हैसियत गुमाएका हुन् ।

बैठकमा भएको मतविभाजनमा लामाको विपक्षमा २२ मत परेको छ भने पक्षमा १५ मत मात्र परेको छ । यसअघि ९ साउनमा इन्द्रबहादुर बानियाँसहित २१ जना बहुमत सांसदले हेटौंडास्थित प्रदेशसभा सचिवालयमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । २१ जनामध्ये माया श्रेष्ठले भने हस्ताक्षर कीर्ते भएको भन्दै अविश्वासको प्रस्ताव फिर्ता लिएकी थिइन् ।

यस्तै, आज श्यामकुमार खड्काले मन्त्रीबाट राजीनामा दिएर बहादुर सिंहको विपक्षमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्