वडाध्यक्ष शेर्पाको पहलमा खुम्बु पासाङल्हामुको पांंगोममा ५ कोठे आधुनिक स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न



सोलुखुम्बु, २४ असार । खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नं १ पांगोममा ५ कोठे आधुनिक स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भएको छ ।

वडाध्यक्ष फुनुरु शेर्पाको बिशेष पहलमा संघीय सरकारद्वारा बिनियोजित ३७ लाख रुपैयाँ तथा सामुदायिक सहकार्यबाट छोटो समयमा सफलतापूर्वक स्वास्थ्य चौकी निर्माण सम्पन्न भएपछि यहाँबाट स्थानीय बासिन्दादेखि पर्यटक, भरिया, ट्रेकरहरू सबैले प्राथमिक स्वास्थ्य सेवा यहीँबाट सहज रूपमा प्राप्त गर्न सक्ने वडाध्यक्ष फुनुरु शेर्पाले बताउनुभयो।समय कम र जोखिम बढी हुँदा पनि उल्लेखनीय प्रगति हासिल भएको बताउँदै वहाँले अब सिटामोलका लागि ३–४ घण्टा हिँड्नुपर्ने बाध्यता हट्नुका साथै मेरापिक आरोहण गर्न जाने पर्यटकहरू, अरुण उपत्यका हुँदै खुम्बु प्रवेश गर्ने पदयात्रीहरू, र सोलुखुम्बुका विभिन्न गाउॅपालिका माहाकुलुड,माप्यदुधकोशी लगायत बिभिन्न वडाबाट आवतजावत गर्ने नागरिकहरूका लागि जीवनरक्षक सेवा केन्द्र बन्ने आशा गरिएको वहाँले बताउनुभयो ।

पांगोमलाई स्वास्थ्य, सेवा र जीवन सुरक्षाको ढोका बनाउने आफ्नो सपना भएको बताउँदै शेर्पाले भन्नुभयो,’यसअघि पांगोम गाउँबाट सामान्य सिटामोल लिन पनि ३–४ घण्टा हिँड्नुपर्ने बाध्यता थियो। आकस्मिक अवस्था झनै जटिल थियो।अब यस्तो अवस्थाको अन्त्य हुनेछ भन्ने दृढ विश्वास लिएको छु।’

भवन निर्माणका लागि श्रीमती गग लाह्प शेर्पा, समाजसेवी जाड्बु शेर्पाज्यू तथा लाहक्पा गेलु शेर्पाको ममतामयी आमाले ३ रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको वहाँले बताउनुभयो ।

यो स्वास्थ्यचौकी निर्माणसँगै वडा भित्रका सम्पूर्ण बस्ती स्वास्थ्य सेवा पहुँचमा समेटिएको बताउँदै वडाध्यक्ष शेर्पाले आफ्नो कार्यकालको यो एउटा महत्वपूर्ण उपलब्धि भएको दावी गर्नु भएको छ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालको सिफारिसमा सङ्घीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलबाट यो योजना कार्यान्वयनमा आएको जानकारी दिंदै वहाँले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व पर्यटनमन्त्री बलबहादुर केसी,नेपाली कांगेस केन्द्रीय सदस्य तथा पर्यटन विभागका प्रमुख आड गेलु शेर्पा,प्रदेश माननिय डोलमा तामाड ज्यू नेपाली कांग्रेस जिल्ला सभापति तथा सोलुदुधकुण्ड नगरप्रमुख नामगेल जाड्बु शेर्पा,प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे,नेपाली कांग्रेसका नेता तथा समाजसेवी प्रकाशसिंह कार्की,नेपाल तरुण दल केन्देर्य सदस्य नविन थापा लगायतलाई बिशेष धन्यवाद दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्