एक करोड ४४ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौं,२४ असार । काठमाडौँको बौद्धबाट एक करोड ४४ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ परेका छन्।

काठमाडौँ महानगरपालिका ६ बौद्धको नयाँबस्तीमा कोठा भाडामा लिई बसेका ४० वर्षका चिनियाँ नागरिक वाङ जियान सोमबार बेलुका पक्राउ परेका हुन्।
प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनको डेरा कोठा खानतलासी गर्दा उक्त रकमसहित नियन्त्रणमा लिएको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए।
उनको कोठाबाट बरामद भएको रकमको स्रोत उनले खुलाउन नसकेको प्रहरीको दाबी छ।

