जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्न सरकारलाई कांग्रेस नेतृ बास्तोलाको आग्रह
काठमाडौं,२२ असार । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य नानु बास्तोलाले काँग्रेस र एमालेबीच भएको ७ बुुँदे सहमति र संविधान संशोधनको विषयलाई समिति बनाएर छलफल गर्नुपर्ने बताएकी छन् ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै केन्द्रीय सदस्य बास्तोलाले यस्तो बताएकी हुन् । भातृ संस्थाको अधिवेशन निर्देशक समितिले दिएको समयभित्र गर्नुपर्ने तर समिति बनाउनुुपर्ने उनको भनाइ थियो ।उनले भनिन्,’पार्टीले योग्यता र क्षमताका आधारमा मुल्याङन गर्ने परिपाटी बसाल्नुपर्छ।’
‘बजेट समानुुपातिक र आवश्यकताको आधारमा वितरण हुुनुपर्छ,’ उनले भनिन् । नयाँ पुुस्ता र युवाका लागि नयाँ कार्यक्रम ल्याएर देशमै स्वरोजगार बन्ने सुुनिश्चित गनुपर्ने कुरामा जोड दिँदै उनले जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्न सरकारलाई आग्रह गरेकी थिइन।
बैठकमा बोल्दै बास्तोलाले जनताको जनजीबिकाको विषयमा पार्टीले काम गर्नुपर्ने बताइन् । विदेशीएका नेपालीलाई नेपालमै फर्काएर काम गर्ने वातावरण तयार गर्नु अहिले आवश्यकता भएको बताउँदै केन्द्रीय सदस्य बास्तोलाले यसमा संसदको भुमिका रचनात्मक हुनुपर्ने बताइन् । यसका लागि खाका बनाएर काम गर्नुपर्ने उनको भनाई थियो।

