जीवन ज्योति मावि कांगेलबाट एसईई उत्तीर्ण २१ जना विद्यार्थी सम्मानित



सोलुखुम्बु,१९ असार । नेपाल विद्यार्थी संघ सोलुखुम्बुले जीवन ज्योति माध्यमिक विद्यालय कांगेलबाट एसईई उत्तीर्ण २१ जना विद्यार्थीहरुलाई सम्मानित गरेको छ ।

शिक्षा समन्वय समिति सोलुखुम्बुका अध्यक्षसमेत रहेका जिल्ला समन्वय समिति प्रमुख कृष्णप्रसाद निरौलाको प्रमुख आतिथ्यमा बिहिवार सम्पन्न कार्यक्रममा उनीहरूलाई सम्मानित गरिएको नेबि संघ सोलुखुम्बुका सचिब निश्चल राइले जानकारी दिए।

बिद्यार्थी नेता सुजन कार्कीको सभापतित्वमा सप्पन्न कार्यक्रममा काङ्ग्रेस महासमिति सदस्य नवीन थापाले शिक्षकलाई अपमान गरेर शैक्षिक क्षेत्रमा सुधार खोज्नु मुर्खता भएको जिकिर गरे। स्थानीय सरकारहरुले राजनीतिक आस्थाका आधारमा शिक्षकलाई काखा पाखा गरेको उनको आरोप थियो । उनले विद्यालय शान्ति क्षेत्र भएकोले उपयुक्त बाताबरण तयार पार्न सरोकारवाला सबै पक्ष एकजुट हुनुपर्ने बताए । कार्यक्रममा काङ्ग्रेस नेता बलबहादुर बस्नेत, नेबिसंघ सोलुखुम्बुका अध्यक्ष नवीन बस्नेत,वडा सभापति भिम बहादुर बस्नेत,उपसभापति हिरे राई लगायतले आ-आफ्नो बिचार व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्