छात्रवृत्तिका लागि अनलाईन आवेदन भर्न ११ र १२ का विद्यार्थीलाई कामनपाको आव्हान
काठमाडौं,१८ असार । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत विद्यालयहरूमा कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि छात्रवृत्ति आव्हान गरेको छ ।

महानगरले एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८२/०८३ का लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति उपलब्ध गराउने जनाएको हो ।इच्छुक विद्यार्थीहरूले १८ असारदेखि २७ असारसम्म अनलाइन आवेदन फाराम भर्न सक्ने सूचनामा जनाइएको छ ।
प्रवेश परीक्षा भने आगामी ३ साउन बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने जनाइएको छ । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने महानगरले जनाएको छ ।

