नेचासल्यानमा ५१ करोड ६६ लाख बढीको बजेट,स्वास्थ्य र शिक्षालाई मुख्य प्राथमिकता



सोलुखुम्बु,१० असार । जिल्लाको नेचासल्यान गाउँपालिकाले ५१ करोड ६६ लाख २० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिका अध्यक्ष धनजन राईको अध्यक्षतामा मंगलबार सम्पन्न गाउँसभामा चालु खर्च ३८ करोड २८ लाख ९४१ रुपैयाँ चालुखर्च र १३ करोड ६३ लाख ९ हजार ९४३ रुपैयाँ पुँजीगत खर्च गरि कूल ५१ करोड ६६ लाख २० हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको उपाध्यक्ष बिना राईले जानकारी दिनुभयो।

गाउँसभामा बजेट प्रस्तुत सिताराम काफ्ले,बिनियोजन बिधेयक राजन कुमार राई र आर्थिक ऐन सिताराम भट्टराईले प्रस्तुत गर्नुभएको थियो।चालु आर्थिक बर्षको बजेटमा मुख्य गरेर स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखिएको उपाध्यक्ष राईको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्