गजुरीमा सडक भासिँएपछि यातायात अवरुद्ध,तत्काल खुल्ने सम्भावना कम



काठमाडौँ,२३ असोज । धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको छ । शुक्रबार साँझ धादिङ गजुरी–५ गलौदीमा सडक भासिँएपछि सडक अवरुद्ध भएको हो ।

सडक भासिएपछि दुवैतर्फ सवारीसाधन रोकिएका छन् । सडक तलबाटै भासिएका कारण तत्काल खुल्ने सम्भावना कम रहेको गजुरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सडकको छेउपट्टिको भाग चिरा चिरा परेको छ ।

प्रतिक्रिया दिनुहोस्