आज बिनियोजन बिधेयक पारित हुँदै,कांग्रेस र एमालेका सांसदहरूलाई व्हीप



काठमाडौं,१० असार । संघीय संसद् प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित हुने भएको छ ।

बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।बिनियोजन बिधेयक पारितका लागि पक्षमा मतदान गर्न सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले आ-आफ्ना सांसदलाई सोमबार व्हीप जारी गरेका छन् ।

बैठकमा श्रम, रोजगार तथा समाजिक सुरक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, अर्थ र सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्