करेन्ट लागेर गम्भीर घाइते सोलुखुम्बुका बस्नेतको निधन
सोलुखुम्बु,असार ७ । राष्ट्रिय विद्युत प्रसारण लाइनको ट्रान्सफर्मर मर्मतको क्रममा करेन्ट लागेर घाइते भएका रविन बस्नेतको निधन भएको छ ।

जिल्ला अस्पताल फाप्लुमा उपचाररत सोलुदुधकुण्ड नगरपालिका ७ भित्तार्खकका अन्दाजी वर्ष ३५ का बस्नेतको आज शनिबार निधन भएको हो । बस्नेत सोही नगरपालिकाको वडा नं ११ घुन्सा नुनथलामा आजै दिउँसो करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए।
बस्नेतलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल फाप्लु पुर्याइएको थियो ।
उपचारको क्रममा उनको अपराह्रन ४ः१५ तिर निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुुखुम्बुका प्रहरी निरीक्षक सूचना अधिकारी विकास राईले जानकारी दिनुभयो । बस्नेत नेपाल विद्युत प्राधिकरणकै कर्मचारी रहेको बताइएको छ ।-सांकेतिक तस्बिर

