करेन्ट लागेर कञ्चनपुर र रौतहटमा एक /एक जनाको मृत्यु ,सोलुखुम्बुमा एकजना घाइते



काठमाडौं,७ असार । कञ्चनपुरको पुनर्वास नगरपालिका-९ ख गाउँ स्थित कोपिला टोल बस्ने देव बहादुर कुँवरको छोरा ६ वर्षीय आर्यन कुँवरको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।

छिमेकीको घर अगाडि ग्यारेजमा पार्क गरी राखेको से. १ त १३७१ नम्बरको ट्याक्टरमा खेल्ने क्रममा ट्याक्टरको छत (फलामको डण्डीमा) विद्युतको तार सर्ट भई करेन्ट लागेर उनको मृत्यु भएको हो ।

उता,रौतहटको फतुवा विजयपुर नगरपालिका-५ बस्ने २२ वर्षीय सावल कुशवाहाको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको छ। सोही नगरपालिका-६ रामदासी टोलस्थित खेतबारीमा पानी लगाउने विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो।

यसैबीच,सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका ११ घुन्सा नुनथलामा आज शनिबार दिउँसो करेन्ट लागेर एकजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा सोही नगरपालिका ७ भित्ताखर्कका अन्दाजी वर्ष ३३ का रबिन बस्नेत रहेका छन्। राष्ट्रिय विद्युत प्रसारण लाइनको ट्रान्सफर्मर मर्मतको क्रममा बस्नेतलाई करेन्ट लागेको प्रहरी चौकी रमितेले जनाएको छ। घाइते बस्नेतलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु पुर्‍याईएको छ । उहाँको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ। बस्नेत नेपाल विद्युत प्राधिकरणकै कर्मचारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्