विनयी खोलाको बाढीले बगायो यात्रुबाहक बस,सबै यात्रुको सकुशल उद्दार



नवलपरासी (पूर्व),६ असार । पूर्व-पश्चिम राजमार्गअन्तर्गत दुम्किबासस्थित विनयी खोलामा आएको बाढीले यात्रुबाहक बस बगाएको छ।

पूर्वबाट बर्दिया जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस बिहीबार राति करिब ११ बजे विनयी खोलामा फसेर बगिएको हो। बसमा तीन बालबालिकासहित ३८ जना यात्रु सवार थिए।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी मधु नेपालका अनुसार घटनापछि सबै यात्रुको सकुशल उद्धार गरिएको छ।

इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक राजन तिमिल्सेनाले बगाएको बस घटनास्थलबाट करिब एक किलोमिटर तल फेला परेको जानकारी दिए। (प्रतिकात्मक तस्बिर)

प्रतिक्रिया दिनुहोस्