काठमाडौं महानगरका प्रहरी प्रमुख पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश



काठमाडौं,४ असार । काठमाडौं महानरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश जारी गरेको छ ।

उच्च अदालत पाटनले उक्त निर्णय यथास्थितिमा राख्दै तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेकोसूचना अधिकारी पार्वती हितानले अनलाइनखबरलाई जानकारी दिइन् ।

गत जेठ २० गते पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ६ महिनाका लागि निलम्बन गरेका थिए ।त्यसअघि उनीहरूबीच स्पष्टीकरण सोध्ने र बुझाउने क्रम चलेको थियो । पाण्डेले बुझाएको स्पष्टीकरण आफूलाई चित्त नबुझेको भन्दै गुरागाईंले ६ महिनाका लागि निलम्बन गरेका थिए ।

उक्त निलम्बनविरुद्ध पाण्डेले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्