छक्का पन्जा सिरिजको ‘भेट्दिन राती रातीमा’गीतको भिडियो सार्बजनिक



काठमाडौं,४ जेठ । छक्का पन्जा सिरिज चलचित्र का लोकप्रिय संगीतकार दीपक शर्माको संगीत रहेको ‘भेट्दिन राती रातीमा’ बोलको गीतको म्युजिक भिडियो मङ्गलबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।

लसता जोशी र सुभास मण्डल को स्वर रहेको सो गीतको रचनाकार पनि दीपक शर्मा नै हुनुहुन्छ । सार्वजनिक गरिएको भिडियो मा नेपालभाषाको मनोरन्जन क्षेत्रका लोकप्रिय नायिका भिन्तुना जोशीको साथमा यसराज गराचको अभिनय रहेको छ । यो भिडियो को निर्देशक सुब्रत आचार्य हुनुहुन्छ ।

गीतको सार्वजनिकिकरण कार्यक्रम मा चलचित्र अन्वेषक प्रकाश सायमि,गायक जुजुकाजि रन्जित,संगीतकार न्ह्यू बज्राचार्य,अग्रज पत्रकार विजयरत्न तुलाधर का साथमा गायिका लसता र नायिका भिन्तुना कि अामा नगिना जोशीले म्युजिक भिडियोबारे अाअाफ्नो मन्तव्य राख्नु भएको सो कार्यक्रम सिडिसि मलमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्