थुलुङ दूधकोशीमा बन्यो पोष्टमार्टम गृह,अध्यक्ष राईद्वारा उद्घाटन



सोलुखुम्बु,असार २ । सोलुखुम्बु जिल्लाको दुधकोशी पारी र छिमेकी जिल्ला खोटाङका केही स्थानीय तहका बासिन्दाले शव पोस्ट मार्टमका लागि जिल्ला सदरमुकाम पुर्‍याउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

थुलुङ दूधकोशी गाउँपालिकाको केन्द्र मुक्लिमा पोष्टमार्टम गृह सञ्चालनमा आउने भएसंगै अकालमा मृत्युुवरण गरेका ब्यक्तिहरुको शव बोकेर कानूनी प्रक्रिया पूरा गर्न लामो दूरीको यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको हो।

थुलुङ दूधकोशी अस्पताल प्रांगणमा निर्माण सम्पन्न भएको सो पोष्टमार्टमा गृहको गाउँपालिका अध्यक्ष असिम राईले सोमबार रिबन काटेर औपचारिक उद्घाटन गर्नुभएको छ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राईले पोष्टमार्टम गृह सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन सबै कार्य पूरा भएको बताउँदै स्थानीय तह,स्वास्थ्य कार्यालय र प्रहरी प्रशासनको सहकार्यमा अब नियमित रुपमा पोष्टमार्टम सेवा सञ्चालन गरिने बताउनुभयो।

गाउँपालिकाको ११ लाख रुपैयाँ रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको सो पोष्टमार्टम गृह सोलुखुम्बु जिल्लाकै दोश्रो हो।यस अघि यस क्षेत्रका बासिन्दाले शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु पुर्‍याउँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्