प्रतिनिधिसभा : रास्वपाको बिरोध र राप्रपाको बहिष्कार, अन्य दल बजेटमाथि छलफल गर्दै



काठमाडौं,२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार पनि संसद् बैठक बहिष्कार गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु नाराबाजीपछि पलेंटी कसेर भुईमा बसेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै आएको राप्रपाले सोमबार पनि संसद् बैठक बहिष्कार गरेको हो । प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सभामुख देवराज घिमिरेको भूमिकामाथि पनि प्रश्न उठाएका छन् । राप्रपाले यसअघि नै बिज्ञप्ति जारी गर्दै बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने जनाएको थियो।

त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद सन्तोष परियारलाई बोल्न समय दिए । परियारले बोलेपछि रास्वपाका सांसदहरू बेल घेर्न पुगेर नाराबाजी गर्न सुरु गरे ।

राप्रपाको बहिस्कार र रास्वपाको नाराबाजीकाबिच बजेटमाथिको छलफल जारी छ ।

प्रतिक्रिया दिनुहोस्