जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ



काठमाडौं,१ असार । भक्तपुरको सुर्यबिनायक नगरपालिका -१ सिरुटारबाट जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् ।६२ वर्षीय राम प्रसाद राउतको घरमा जुवातास खेलिरहेको अवस्थामा राम प्रसाद समेत १२ जनालाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ७ सय ८० रुपैयाँ र तास ६ बुक सहित पक्राउ गरेको हो।

उता,काभ्रेको पनौती नगरपालिका-५ डलमले डेरा गरी बस्ने ४७ वर्षीय संजीब कुमार श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा संजीब कुमार समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय ३० रुपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो।यस सम्बन्धमा आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्