खोटाङको ऐंसेलुखर्कमा करेन्ट लागेर एकजनाको मृत्यु, रुपाकोट मझुवागढीमा एकजना घाइते



खोटाङ,३१ जेठ । करेन्ट लागेर गम्भीर घाइते भएका ऐसेलुखर्क गाउँपालिका–५, महेश्वरीस्थित सेगेलेमका ५३ वर्षीय रामेश्वर राईको उपचारका क्रममा मृत्यु भएको छ ।

सेगेलेमस्थित घरमा जडान गरिएको विद्युत्को तार हटाउने क्रममा शुक्रबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचारका क्रममा मृत्यु भएको हो ।

करेन्ट लागेर बेहोस भएका राईलाई स्थानीयले गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याएका थिए । केन्द्र पुर्‍याएको केही समयपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६,नेर्पाका सन्तोष भुजेल करेन्ट लागेर गम्भीर घाइते भएका छन् । केपिलासगढी गाउँपालिका–५, सप्तेश्वरस्थित पोक्लुमा टेकमाइन्ड नेटवर्क कम्पनीको इन्टरनेट मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्