नेकपा एमाले सोलुखुम्बुको बिस्तारित बैठक सम्पन्न
सोलुखुम्बु,३० जेठ । नेकपा एमाले स्थायी समिति सदस्य एबम् कोशी प्रदेश कमिटी इन्चार्ज शेरधन राईले नेकपा एमालेको समृद्धिको यात्रालाई फराकिलो बनाउनका साथै दीर्घकालीन लक्ष्य हासिल गर्न विकास र समृद्धिको योजनाचित्र बलियो आधार हुने बताउनुभएको छ ।

जिल्ला कमिटी सोलुखुम्बुकोले मदन भण्डारी स्मृति प्रतिष्ठानको हल सल्लेरीमा शुक्रबार आयोजना गरेको विस्तारित बैठक तथा विकास र समृद्धिको योजनाचित्र निर्माण कार्यशालालाई सम्बोधन गर्दै कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनुभएका राईले सो कुरा बताउनुभएको हो।
नेकपा एमाले जिल्ला कमिटी नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले नागरिकका आवश्यकतालाई योजनाचित्रद्वारा स्पष्ट पार्न यो बिकास र समृद्धिको योजनाचित्रको अवधारणा नेकपा एमालेले अघि सारेको जानकारी समेत दिनुभएको थियो ।
राईले पार्टीले तय गरेको मिसन ०८४ को लक्ष्यलाई सफल पार्न ठोस चित्र बोकि स्मार्ट तरीकाले भोट माग्ने अभियानको तयारीमा नेकपा एमाले रहेको बताउनु भएको थियो।

सो बिस्तारित बैठकले जिल्ला कमिटी अध्यक्ष बास्तोलाको संयोजकत्वमा जिल्ला विकास र समृद्धिको योजनाचित्र निर्माण कार्यदल, केन्द्रीय सदस्य एबम् सोलुखुम्बु जिल्ला इन्चार्ज किशोर अधिकारीको संयोजकत्वमा सहजीकरण समिति र बुद्धिनारायण श्रेष्ठको संयोजकत्वमा दैवीप्रकोप उद्दार बिभाग गठन गरेको नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य वीर उदास श्रेष्ठले जानकारी दिनुभयो।
बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज किशोर अधिकारी, नेकपा एमाले कोशी प्रदेश कमिटी उपाध्यक्ष टीका चेम्जोङ,सचिवालय सदस्य एबम् कोशी प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी,कोशी प्रदेश कमिटी सदस्य उत्तमकुमार बस्नेत,पार्वती राई लगायत प्रदेश कमिटीका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो।

