महाकुलुङमा माओवादी केन्द्रको सम्मेलन सम्पन्न,अम्बिर कुलुङको अध्यक्षतामा ३५ सदस्यीय समिति चयन



सोलुखुम्बु,२८ जेठ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाकुलुङ गाउँपालिकाको अध्यक्षमा अम्बिर कुलुङ निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न गाउँ पार्टी समितिको दोस्रो गाउँ सम्मेलनले अम्बिर कुलुङ सहित ३५ सदस्यीय पालिका समिति निर्वाचित गरेको हो ।

माओवादी केन्द्र सोलुखुम्बुका प्रचार प्रशार विभाग प्रमुख भोजराज कार्कीका अनुसार नवनिर्वाचित समितिको उपाध्यक्षमा निरकुमार कुलुङ, सरला कुलुङ र खम्बधन कुलुङ, सचिमा ओसन कुलुङ, सहसचिवमा कमला विक र बुद्धि कुलुङ रहनुभएको छ । यस्तै समितिको कोषाध्यक्षमा दुर्गाधन कुलुङ निर्वाचित हुनुभएको छ ।

माओवादी केन्द्र महाकुलुङ गाउँपार्टी समितिका अध्यक्ष वीरेन्द्र कुलुङको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हेम कुमार राई(सुरवीर)को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमलाई पार्टीका प्रदेश सहसिचव सागर किराँती,प्रदेश सचिवालय सदस्य तथा जिल्ला सहइन्चार्ज असिम राई लगायतले सम्बोधन गर्नुभएको थियो ।

माओवादी पार्टीको सम्मेलन खुम्बुपासाङ ल्हामु गाउँपालिका, नेचा सल्यान गाउँपालिका सोताङ र महाकुलुङमा सम्पन्न भइसकेको छ । विहिबार सोलुदुधकुण्ड नगरपालिका र शनिबार थुलुङ दुधकोशी गाउँपालिकामा सम्मेलन हुने प्रचार प्रसार विभाग प्रमुख कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्