अनेमसंघ (क्रान्तिकारी) नेचासल्यानमा देवकुमारी राईको अध्यक्षतामा ३५ सदस्यीय समिति चयन
सोलुखुम्बु,२४ जेठ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) नेचासल्यान गाउँपालिका समितिको ऐतिहासिक प्रथम सम्मेलनले सम्पन्न भएको छ।

महिला नेतृ जनरिखि राईको सभापतित्व तथा केन्द्रीय सदस्य सुनिता किराँतीको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न सम्मेलनले देवकुमारी राई अध्यक्षतामा ३५ सदस्यीय नेचासल्यान गाउँपालिका समिति चयन गरेको कुसुम प्रतिष्ठनका अध्यक्ष लोकेन्द्र आर.सीले जानकारी दिए।समितिको उपाध्यक्षमा टुल्का भट्टराई,सचिवमा संगीता पाण्डे भट्टराई,सहसचिवमा सिर्जना राई र कोषाध्यक्षमा रविना राई चयन भएका छन्।
समितिको सदस्यमा कुमारी सार्की,अस्मिना कटवाल,बिष्णु कार्की राउत,अनिता राई,पर्वत कुमारी राई,टिकादेवी कटेल,रेणुका बिक
भोजकुमारी कटेल,लिलि राई,यानु राई,लेखकुमारी राई,देवीमाया नेपाली,सम्झना नेपाली र चन्द्रकला राई प्रधान रहेका छन्।
यसैगरी,विष्णु कुमारी सार्की,मुना राई,भुजा नेपाली,कमला थापा बिक,सविना राई,पवित्रा नेपाली,निर्मला कटेल,मिठु कुमारी बाँस्तोला,अन्जु राउत,इन्द्र कुमारी राई,सम्झना राई(अ्म्मलबोट)
आशा राई,बिना राई,सिता बाँस्तोला कटेल,समिता राई र सीता नेपाली पनि समितिमा सदस्य रहेको आर.सीले बताए।
सम्मेलनमा नेचा सल्यान गाउँपालिका वडा नं ३ का वडाध्यक्ष एबम माओवादी केन्द्रका नेता सिताराम भट्टराई,नेकपा माओवादी केन्द्र नेचासल्यान गाउँ पार्टी अध्यक्ष वियस राई,उपाध्यक्ष सरोज कटेल, सचिव बम बाँस्तोला,४ नं वडा पार्टी अध्यक्ष सुरेश राई लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि किराँतीले महिला सशक्तिकरण र सामजिक रुपान्तरणका लागि महिलाहरु नै सशक्त रुपमा अघि बढ्नु पर्ने धारणा व्यक्त गरिन्। सम्मेलनलाई माओवादी नेता भट्टराई, कुसुम प्रतिष्ठानका अध्यक्ष आर.सी.,गाउँ पार्टी अध्यक्ष राई लगायतले सम्बोधन गरेका थिए।

