संयुक्त जनआन्दोलन समितिले बोलायो समीक्षात्मक बैठक



काठमाडौँ,२१ जेठ । राजतन्त्र पुनः स्थापनाको माग गर्दै व्यवस्था विरोधी समूह संयुक्त जनआन्दोलन समितिले आज समीक्षात्मक बैठक गर्ने भएको छ ।

जेठ गतेबाट सुरु गरिएको एक हप्ते आन्दोलनको पहिलो चरण मङ्गलबार सम्पन्न भएसंगै सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा
समितिमा आवद्ध दल,संस्था र अभियन्ताहरुको बैठक बोलाईएको संयोजक नवराज सुबेदीले जानकारी दिए।

पहिलो चरणको आन्दोलनको समीक्षा गर्दै बैठकले दोस्रो चरणको आन्दोलन थप सङ्गठित र सशक्त बनाउने गरि रणनीति तय गर्ने उनले बताए।

आन्दोलनका आयोजकहरूले सरकारको हस्तक्षेप र दमनका बाबजुद आन्दोलन उत्साहजनक र जनसमर्थनयुक्त भएको दाबी गर्दै आन्दोलन समितिका संयोजक सुवेदीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा आन्दोलनमा सहभागी सम्पूर्ण स्वाभिमानी नेपाली नागरिकप्रति आभार प्रकट गरिएको छ। -फाईल तस्बिर

प्रतिक्रिया दिनुहोस्