भोलिदेखि सार्बजनिक यातायात सञ्चालन हुने
काठमाडौं,२० जेठ । आन्दोलनका कारण दुईदिन ठुलो समस्या झेलेका यात्रुहरूले भोलिदेखि यात्रा गर्न पाउने भएका छन् ।

सरकारसंग सोमबार राती ६ बुँदे सहमति गरेर पनि मंगलबार आन्दोलनलाई निरन्तरता दिएका यातायात व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएसंगै भोलिदेखि नियमित सार्बजनिक यातायात सञ्चालन गर्ने भएका हुन्।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली फिर्ता लिने निर्णय गरेसँगै व्यवसायीहरूले आन्दोलनका कार्यक्रम हालका लागि स्थगित गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले अनलाइनखबरलाई जानकारी दिए ।
गण्डकीले ल्याएको उक्त नियमावलीका कारण सार्वजनिक यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए ।गएराति भएको सहमतिको ड्राफ्ट आजै साँझ गण्डकी प्रदेश सरकारसमक्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पठाएको थियो ।सोही अनुसार, गण्डकी सरकारले एक महिनाका लागि नियमावली स्थगित गरेको छ ।

