बालेन निकट काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बित
काठमाडौं,२० जेठ । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा गरिएको छ।

महानगर प्रमुख बालेन्द्र साहका दाहिने हात मानिने पाण्डेला मंगलबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । पाण्डेलाई निलम्बन गरेका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले नगर प्रहरी उपरीक्षक विष्णु जोशीलाई जिम्मेवारी दिएका छन् ।
रत्नपार्कस्थित काठमाडौं टावर निर्माणको नक्सा स्वीकृतिमा भ्रष्टाचार गरेको भन्दै नगरप्रमुख साहले कार्यालय प्रवेशमा रोक लगाएका प्रमुख प्रशासकीय अधिकृत गुराँगाई जवर्जस्ती कार्यालय प्रवेश गर्न लाग्दा पाण्डेसहित महानगर प्रहरीले चैत २१ गते अवरोध गरेका थिए।
अवरोधका बीच उपप्रमुख सुनिडा डंगोलसहित जनप्रतिनिधि र कर्मचारीले ढोका फोरेर उनलाई कार्यालय प्रवेश गराएको केही दिनमा उनले प्रहरी प्रमुख पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको बताइएको छ ।

