संयुक्त जनआन्दोलन समितिले आज आन्दोलन नगर्ने, सांझ कमलादी गणेशस्थानमा दीप प्रज्ज्वलन गर्ने



काठमाडौं,१९ जेठ। आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले आज सांझ कमलादीस्थित गणेशस्थानमा दीप प्रज्ज्वलन गर्ने भएको छ।

समितिका संयोजक नवराज सुबेदीले सोमबार बिज्ञप्ति जारी गर्दै आज सम्पूर्ण नेपालीको शोक दिन भएको उल्लेख गर्दै शोकको दिनमा जुलुस,धर्ना जस्ता अन्य आन्दोलनका कार्यक्रमहरु केही नगरी दीप प्र्ज्ज्वलन गर्ने जनाएका हुन्।

सुबेदीले बिज्ञप्तिमा भनेका छन,-‘आज जेठ १९ गते, श्री ५ महाराजाधिराज वीरेन्द्र तथा श्री ५ बडामहारानी ऐश्वर्य लगायत राजपरिवारका सदस्यहरुको हृदयविदारक देहवसान भएको सबै नेपालीहरुको लागि शोकको दिन भएकाले त्यसर्थ शोकको दिनमा जुलुस, धर्ना जस्ता अन्य आन्दोलनका कार्यक्रमहरु केही नगरी आज साँझ ६ बजे कमलादी गणेशस्थानमा दिवंगत आत्माहरुको चिर शान्तिका लागि दिप प्रज्ज्वलन कार्यक्रममा सहभागी हुन आन्दोलनकारी तथा सर्वसाधारण जनसमुदाय सबैलाई हार्दिक अनुरोध गर्दछौं ।’

जनआन्दोलनका कार्यक्रमहरु अन्य सुचनाबाट प्रकाशित गरिने बिज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्