संयुक्त जनआन्दोलन समितिले लियो आजको उपत्यका बन्द फिर्ता



काठमाडौं,१९ जेठ । संयुक्त जनआन्दोलन समितिले आजका लागि घोषणा गरेको काठमाण्डौ उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ ।
समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति निकालेर कार्यक्रम फिर्ता लिएको जानकारी दिनुभएको हो ।

हिजो काठमाण्डौमा भएको प्रदर्शनको क्रममा हिरासतमा लिइएका नेताहरु रिहा भइसकेको भन्दै समितिले बन्द कार्यक्रम फिर्ता लिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्