संयुक्त जनआन्दोलन समितिको प्रदर्शन आज पनि, माइतीघर मण्डला क्षेत्रमा केन्द्रित हुने
काठमाडौँ । राजसंस्था र हिन्दु राष्ट्रको पुनस्थापना,संघीयताको खारेजी र जनताबाट प्रत्यक्ष निर्बाचित प्रधानमन्त्रीको संबैधानिक ब्यबस्थाको माग राखेर बिहीबारबाट अनिश्चितकालीन आन्दोलन सुरु गरेको संयुक्त जनआन्दोलन समितिले आज पनि प्रदर्शन गर्ने भएको छ ।

बिहीबार राजधानीको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन संयुक्त जनआन्दोलन समितिको संयोजनले शुक्रबार माइतीघर र बिजुलि बजार क्षेत्रमा प्रदर्शन हुन लागेको राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिए ।
समितिमा राप्रपा,राप्रपा नेपाल,राष्ट्रिय शक्ति नेपाल,नेपाली कांग्रेस बीपी लगायतका राजनीतिक दल र अन्य संस्थाहरु आवद्ध छन् । बिहिवार सत्तारुढ एमालेले राजधानी कब्जा गर्ने भन्दै काठमाडौंमा गरेको प्रदर्शन भन्दा हजारौंबढी जनता समितिको आयोजनामा भएको आन्दोलनमा सहभागी भएपछि आन्दोलनकारीहरुको आत्मबल बढेको विश्लेषण राजनीतिक बृतमा भइरहेको छ।

