तिनकुने घटनामा ६१ जनाविरुद्ध मुद्दा दर्ता, दुर्गा प्रसाईंसहित २० जनालाई जन्मकैद मागदाबी



काठमाडौँ,११ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित २० जनाविरुद्ध जन्मकैदको मागदाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

आइतबार प्रहरी अनुसन्धानका आधारमा तीनकुने घटनामा संलग्न भएको जिकिर सहित जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

जसमा ५० जनालाई राज्यविरुद्धको कसुरमा, ११ जनालाई आपराधिक उपद्वव र ८ जनालाई ज्यान मार्ने कसुरमा मुद्दा चलाइएको जिल्ला सरकारी वकिलका कार्यालय प्रमुख रामहरि शर्माले जानकारी दिए ।

जिल्ला अदालतका अनुसार कुल ६१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । यस्तै चार जना नाबालकलाई बाल अदालतमा मुद्दा चलाउने तयारी भएको छ । -फाईल तस्बिर

प्रतिक्रिया दिनुहोस्