सोलुखुम्बु : महाकुलुङका एक दर्जन कांग्रेस कार्यकर्ता नेकपामा प्रवेश

सोलुखुम्बु, १४ भाद्र।जिल्लाको महाकुलुङ गाउँपालिका वडा नं. ५ नुर्कुम गाउँका झण्डै एक दर्जन कांग्रेस कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) मा प्रवेश गरेका छन।

पार्टी प्रवेश गर्नेहरूमा काजी शेर्पा, पेमा शेर्पा ,दाफुटी शेर्पा , निमा छेम्जी,ङाङ दोर्जी शेर्पा ,डोमा शेर्पा ,लाकी शेर्पा ,छिरिङ्ग लामु शेर्पा ,च्याम्बा शेर्पा , लाक्पा सङ्गे शेर्पा र दातेम्बा शेर्पा रहेको नेपाल कम्युनिष्ट पार्टी महाकुलुङले जनाएको छ।
उनीहरूले पार्टीमा बढ्दो गुटबन्दी र नेताहरूको गलत कार्यशैलीका कारण आफुहरु नेपाली कांग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेको बताएका छन।

उता गाउँपालिकाका सोही स्थानमा नुरु शेर्पा,काजी शेर्पा,लाकी शेर्पा,ङाङ दोर्जी शेर्पा डोमा शेर्पा रहेको सेल कमिटी र पेमा शेर्पा,डोमा शेर्पा, दाफुटी शेर्पा ,निमा छेम्जी,छिरिङ्ग लामु शेर्पा
र लाकी शेर्पा रहेको अनेमसंघ इकाई कमिटी गठन गरिएको पनि सो पार्टीले जनाएको छ।
नेकपा महाकुलुङले जनाएअनुसार कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी प्रदेश न• १ सदस्य तथा महाकुलुङ गाउँपालिका प्रमुख सागर किराँती, सोलुखुम्बु जिल्ला कमिटी सदस्य क. लालमान राई, महाकुलुङ गाउँपालिका का संयोजक वीरेन्द्र राई, युवा संघ महाकुलुङ गाउँपालिका का संयोजक मछिन्द्र राई, नेपाल कम्युनिष्ट पार्टी महाकुलुङ ५ का वडा कमिटीका सचिव राजराम राई, अध्यक्ष पर्खाराम राई लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच,महाकुलुङ गाउँपालिका वडा नम्बर २ मा लालकृष्ण कुलुङको संयोजकत्व र मिलिक कुलुङ सह -संयोजकत्वमा २९ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल वडा कमिटी निर्माण सम्पन्न भएको पनि सो पार्टीले जनाएको छ।

