भर्चुअल बहसको कार्यक्रम नेपालका लागि प्रबासी नेपाली अभियान- २०२०’ सम्पन्न



काठमाडौं,१२ भाद्र। अमेरिकामा रहेका ८ नेपाली युबाहरुले नेपाल राष्ट्र र राष्ट्रियताको संरक्षणको उद्देश्य सहित सुरु गरेको ‘नेपालका लागि प्रवासी नेपालीहरुको अभियान – २०२०’ को समापन गरिएको छ।

प्रवासी युवाहरु थोमस वास्तोला, विजयराज भट्टराई, किशोर सापकोटा, नारायण श्रेष्ठ, शंकर पन्त, हेमन्त भेटवाल, पुरुषोत्तम वोहोरा र डीवी सागरले सुरु गरेको
भर्चुअल श्रृंखला ‘नेपालका लागि प्रवासी नेपालीहरुको अभियान – २०२०’ को समापन पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेस भट्टराईले समापन गर्नुभएको हो समारोहमा प्रमुख अतिथिको रुपमा सहभागी हुनु भएका मन्त्री भट्टराईले कालापानी मुद्धा पुरानो भएपनि अहिले आएर यो मुद्धामा सम्पूर्ण नेपाल एक ठाऊमा उभिएको वताउंदै अव भारतले आफुलाई असल छिमेकी प्रमाणित गर्न नेपालको सार्वभौमसत्ताको सम्मान गर्नुपर्ने वताउनुभयो ।

अभियान सुरु गरेकोमा खुसी व्यक्त गर्दै मन्त्री भट्टराईले आफु अनेरास्ववियुको अध्यक्ष हुंदा आफ्नो नेतृत्वमा २०५५ सालमा १६ दिने कालापानी मार्च गरेको स्मरण समेत गर्नुभयो ।

कालापानी मार्चको नेतृत्वकर्ताको
भट्टराईले भारतले अतिक्रमण गरेका नेपाली भूभागहरु कालापानी, लिपुलेक र लिम्पियाधुरावाट भारतीय सेना विनाशर्त तत्कालै हट्नु पर्ने धारणा समेत राख्नु भएको थियो।

नेपालले आफ्नो राजनीतिक नक्सामा कालापानी, लिपुलेक र लिम्प्यिाधुरालाई समावेश गरेपछि भारतसंग केही समय संवादहीनताको अवस्था सिर्जना भएपनि भारतीय स्वतन्त्रता दिवसको उपलक्ष्यमा अगष्ट १५ मा नेपाल र भारतका प्रधानमन्त्रीवीच संवाद भएको जानकारी गराउंदै मन्त्री भट्टराईले अव संवादहीनताको अवस्थाको अन्त्य भएको र एक चरणमा सचिवस्तरीय वार्ता समेत भइसकेकोले चांडै नै यो विवाद अन्त गर्न सकारात्मक पहल हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा अभियन्ता तथा २०५५ सालमा भएको ‘कालापानी मार्च’ मा मन्त्री भट्टराईसँगै कालापानी समेत पुगेका पूर्व विद्यार्थी नेता थोमस बास्तोलाले प्रवासवाट यस्तो अभियान किन आवश्यकता थियो भन्ने विषयमा चर्चा गर्दै नेपाललाई दुख्दा विश्वभरि छरिएर रहेका नेपालीहरूको हृदयमा लाग्ने चोटको साझा अभिव्यक्तिको रूपमा यो अभियान सुरूवात गरिएको बताउनुभयो ।

देशबाहिर रहँदा देशको माया अझै गहिरो हुने र हृदयको गहिराइमा रहेको देशप्रेमलाई उजागरण गर्न तीन महिनासम्म चलेको यस अभियानले दीर्घकालमा अझ सार्थक परिणाम दिने विश्वास व्यक्त गर्दै अगामी दिनमा पनि यस्ता अभियानहरू सञ्चालन गरिने प्रतिबध्दता व्यक्त गर्नुभयो ।

पत्रकार किशोर सापकोटाले नेपालका लागि प्रवासी नेपालीहरुको अभियानको यो श्रृंखला रोकिए पनि अर्को कुनै माध्यमवाट नेपालको राष्ट्रियतासंग सम्वन्धित विषयको वहसलाई भने जारी राख्ने वताउनुभयो । पत्रकार नारायण श्रेष्ठले नेपाल सरकार अतिक्रमित नेपाली भूभाग फिर्ता गराउन सक्षम हुने विश्वास व्यक्त गर्नुभयो भने अर्का अभियन्ता शंकर पन्तले नेपालको खुल्ला सीमालाई वन्द सीमा वनाउन सरकारले तयारी थाल्नुपर्ने, दुइ देशवीचको आवतजावत व्यवस्थित गरिनुपर्ने र वर्क परमिटको व्यवस्था हुनुपर्ने वताउनुभयो ।

अभियन्ता हेमन्त भेटवालले राष्ट्रलाई आवश्यक पर्दा प्रवासमा रहेका नेपालीहरु सदैव अग्रसर हुने वताउनुभयो भने अर्का अभियन्ता पुरुषोत्तम वोहोराले विद्यार्थीकालमा आफुहरुले छातीमा टांसेर हिंडेको नेपालको चुच्चे नक्सालाई अहिले नेपाल सरकारले स्वीकार गरेर नेपालको संविधान समेत संविधान संशोधन गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रा.डा. अम्विका प्रसाद अधिकारी उपस्थित हुनुहुन्थ्यो भने अभियानको क्यानडामा संयोजन गर्नुहुने डा. तुलसी धरेल, युरोपमा संयोजन गर्नुहुने राजेन्द्र पुडासैनी र अष्ट्रेलियामा संयोजन गर्नुहुने प्रकाश सेडाइ पनि सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा अभियानका तर्फवाट अभियन्ता विजयराज भट्टराईले भर्चुअल माध्यमवाट मन्त्री भट्टराईलाई ५० पृष्ठ लामो प्रतिवेदन हस्तान्तरण गर्नुभयो, जसमा १५ श्रृंखलामा अमेरिका, क्यानडा तथा युरोप र एशियामा रहेका ७७ जना अगुवा प्रवासी नेपालीहरुले नेपाल सरकारले अतिक्रमित भूमि फिर्ताका लागि सुरु गरेको अभियानका विषयमा आफ्नो मत जाहेर गर्दै सुझाव समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्