सोलु कांग्रेस जिल्ला समितिमा गुरुङ, राई र खत्री मनोनयन



सोलुखुम्बु,५ भाद्र । नेपाली काङ्ग्रेस सोलुखुम्बु जिल्ला कार्यसमितिले नेपाली काङ्ग्रेसको बिधान बमोजिम जिल्ला कार्यसमिति सोलुखुम्बुको सदस्यमा प्रेमकुमार गुरुङ तथा आमन्त्रित सदस्यमा दिपबहादुर राई र कृष्णबहादुर खत्रीलाई मनोनयन गरेको छ ।

जिल्ला सदस्य युवराज घिमिरे, सोताङ-काठमाण्डौ सम्पर्क समितिका सभापति लिलाराम बस्नेत र तरुण दल जिल्ला सचिव शेखर बस्नेत समेतको उपस्थितिमा नेपाली कांग्रेसका महासमिति सदस्य भोजराज कार्कीले मनोनयन पत्र हस्तान्तरण गरेका हुन् ।

सोलुखुम्बु जिल्ला सभापति विनोदकुमार बस्नेतद्वारा हस्ताक्षरित मनोनयन पत्र सभापति बस्नेतकै अाग्रहमा काठमाडौंमा हस्तान्तरण गरिएको नेपाली कांग्रेसका महासमिति सदस्य शम्भुहरि बास्तोलाले बताए ।
ढिलो भए पनि जिल्ला कार्य समितिले केही ऊर्जावान साथीहरूलाई मनोनयन गरेको छ यस्ले समयमै मनोनयन गरेको फल दिन नसके पनि पार्टीलाई फाइदा नै पुर्याउछ भन्दै महासमिति सदस्य बास्तोलाले अरु पदमा मनोनयन गर्न बाँकी भएमा ढिलो गर्न नहुने बताएका छन् ।

मनोनित प्रेमकुमार गुरुङ कांग्रेस सोलुखुम्बुका निकै पुराना र जनाधार भएका नेता मानिन्छन्, त्यस्तै युवा नेता दिपबहादुर राई र कृष्णबहादुर खत्रीको मनोनयनले पनि कांग्रेस सोलुखुम्बुमा थप ऊर्जा प्रदान गर्ने जिल्ला कार्य समितिको अाँकलन छ।

प्रतिक्रिया दिनुहोस्