कोरोना : पछिल्लो २४ घण्टामा ११ संक्रमितको मृत्यु



काठमाडौं,५ भाद्र।नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ११ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।

शुक्रबार मृत्यु हुनेमध्ये एक महिला र १० पुरुष छन् । मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठान गरेर ११ जिल्लामा एक–एक जना गरी ११ जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्