युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा रोक्का नियुक्त

काठमाडौं २ भदौ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा डा कल्याण रोक्का नियुक्त भएका छन्। खोटाङका रोक्कालाई मन्त्रिपरिषद्को बैठकले ४ वर्षका लागि कार्यकारी उपाध्यक्ष नियुक्त गरेको हो।

चीनको इन्टरनेसनल युनिभर्सिटी अफ बिजनेस एन्ड इकोनोमिक्सबाट राजनीतिक अर्थशास्त्रमा विद्यावारिधी गरेका रोक्का सन् २००१ देखि २००५ सम्म प्राध्यापन पेशामा संलग्न थिए।
रोक्काका दुईवटा पुस्तक प्रकाशन छन् भने विभिन्न जर्नलमा लेखसमेत छापिएका छन्। कोषका तत्कालीन् कार्यकारी उपाध्यक्ष डा प्रेम दंगालको कार्यकाल सकिएसँगै रिक्त स्थानमा रोक्का नियुक्त भएका हुन्।

