आज देशभर शहिद दिवस मनाईदैँ,रास्ट्रपति पौडेलद्वारा शुभकामाना व्यक्त



फाईल तस्वीर

काठमाडौं।आज देशभर शहिद दिवस मनाईदैँ छ।प्रजातन्त्र स्थापना तथा पुनः स्थापना गर्नको लागि आफ्नो जीवनलाई आहुती दिने सम्पुर्ण शहिदहरुलाई स्मरण गर्दैँ आज उक्त दिवस देशभर मनाउँन लागिएको हो।यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन्

शहीद दिवसका अवसरमा आज शुभकामना दिँदै उनले महान् शहीदहरूको बलिदानद्वारा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनुपर्ने बताएका हुन्।

वीर शहीदहरूले गरेका बलिदानको उच्च मूल्याङ्कन गर्दै शहीदको आकांक्षालाई साकार बनाउन हामी सबैले आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्नमा यो दिवसले थप प्रेरणा प्रदान गर्ने उनको भनाइ छ।

‘आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै शहादत हो। यो दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनताका लागि शहादत प्राप्त गरेकाहरूकोआकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने प्रेरणा र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु’, राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ।

यस्तै उपराष्ट्रपति रामशाय प्रसाद यादव,प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे,राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगायतका उच्च पदस्थ व्यक्तित्वहरुले शुभकामना सन्देश व्यक्त गरेका छन् ।

यसैबीच शहिदहरुको सम्मानमा देशभर विविध कार्यक्रमको समेत आयोजना गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्