आठजना प्रहरी नायव महानिरीक्षकहरुलाई दर्ज्यानी चिन्ह



काठमाडौं।नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ मंसिर १७ गतेको निर्णय अनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ८ जना प्रहरी नायव महानिरीक्षकहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको छ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो। दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरुमा ध्रुवराज राउत,भोला बहादुर रावल,गणेश चन्द,सिद्दार्थ बिक्रम शाह,सुशील सहि राठौर, उमाप्रसाद चतुरबेदी,हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिक रहनुभएको छ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। नेपाल प्रहरी संगठनमा आवद्ध रही आफ्‌नो जिम्मेवारी र भुमिका निर्बाहमा प्रदर्शित कर्तव्यनिष्ठता,कार्यकुशलता,पेशागत दक्षता एवम् इमानदारिताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै आगामी दिनमा समेत उत्कृष्ट ढंगबाट कार्यसम्पादन हुने बिश्वास उहाँले व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्