नेपाल शिक्षक महासंघ आन्दोलनमा भएको प्रहरी हस्तक्षेपप्रति शिक्षक सम्बद्ध संघसंस्थाको आपत्ति
खगिन्द्रराज बास्तोला
काठमाडौं।विभिन्न ३५ सूत्रीय माग सहित आन्दोलनमा पेशागत माग राखेर आन्दोलनमा उत्रिएका शिक्षकहरुलाई अमानवीय ढङ्गबाट बिना कसुर गिरफ्तार गरिएकोप्रति नेपाल शिक्षक महासंघले घोर आपत्ति प्रकट गर्दै खेद प्रकट गरेको छ।

नेपाल शिक्षक महासंघको पूर्व घोषित कार्यक्रम अनुसार प्रधानमन्त्री निवास वालुवाटार अगाडि धर्नाका लागि जाने क्रममा हिडेका शिक्षकहरुलाई प्रहरीले टङगाल मा। वि। लगायतका स्थानहरूबाट लाठीचार्ज र दमन सहित हस्तक्षेप गरी गिरफ्तार थियो।
शिक्षामा राज्यको लगानी २० प्रतिशत हुनुपर्ने, शिक्षकलाई निजामती सेवाका कर्मचारी सरह सेवा सुविधा प्रदान गर्नुपर्ने लगायतका ३४ सूत्रीय माग राखेर नेपाल शिक्षक महासंघ लामो समय अघिदेखि आन्दोलित छ । चरणगत आन्दोलनमा उत्रिएको महासंघको चौथो चरणको आन्दोलन अन्तर्गत शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिने कार्यक्रम रहेकोे नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो । । धर्ना कार्यक्रममा विभिन्न विद्यालयबाट बालुवाटार जाने क्रममा बाटोबाटै शिक्षकहरुलाई गिरफ्तार गरेको हो । धर्नाको क्रममा हिडेका सयौंको सङ्ख्यामा शिक्षकहरुलाई नियन्त्रणमा लिई महेन्द्र पुलिस क्लब, कमलपोखरी लगायतका स्थानमा राखिएको महासंघका महासचिव सुवेदीले बताउनुभयो । सयौं सङ्ख्यामा धर्नामा हिडेका शिक्षकहरुलाई गिरफ्तार गर्नुको साथै अन्यलाई प्रहरीले लाठीचार्ज समेत गरेको थियो ।
नेपाल शिक्षक महासंघले शिक्षामा राज्यको लगानी न्युनतम २० प्रतिशत पुर्याउनुपर्ने, शिक्षकको सामूहिक बढुवा गराइनुपर्ने, शिक्षण पेशालाई सम्मानित बनाइनुपर्ने, द्वन्द्व पीडित शिक्षकहरुको समस्या समाधान गराइनुपर्ने, विद्यालय कर्मचारी र बालविकास सहयोगी कार्यकर्ताको संघीय सरकारले नै तलब भत्ताको व्यवस्था गरिनुपर्ने, राहत र उच्च मा। वि। अनुदान दरबन्दीमा कार्यरत शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धा गराई स्थायी व्यवस्थापन गरिनुपर्ने लगायतका ३४ सूत्रीय माग सहित शिक्षकहरु आन्दोलनमा होमिएका हुन् ।
यसैबीच,आन्दोलनमा उत्रिएका शिक्षकहरुको माग सम्बोधन गर्नुको साटो सरकारबाट नै दमनको क्रूर शैली अपनाउनु निन्दनीय रहेको शिक्षकका पेशागत संघ,संगठनबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

