तपाईं झिंगा, साङ्ला र उडुसबाट हैरान हुनुहुन्छ? छुट्कारा पाउन यसो गर्नोस्
– एजेन्सी ।कतिपय घरमा मुसा, झिँगा, उडुस आदिले हैरान कटाएका हुन्छन् । दिनहुँ देखिने यी समस्याबाट मुक्त हुन धेरैले विभिन्न रासायनिक उपाय अपनाउने गर्छन् । तर घरमै यस्ता समस्याहरूको समाधान छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर घरमै सजिलै पाइने कुराहरूबाट यस्ता समस्या नियन्त्रण गर्न सकिन्छ र यो प्रक्रिया निकै सजिलो छ । मुसा -मुसालाई पुदिनाको गन्ध मनपर्दैन । यदि तपाई मुसाले गर्दा दिक्क हुनुभएको छ भने, कपासको सानो टुक्रामा पुदिना हालेर मुसा आउने सम्भावित ठाउँमा राख्नुहोस् । यसको गन्धले मुसालाई श्वास फेर्नमा गाह्रो हुन्छ । जस्ले गर्दा मुसा मर्छ । साङ्ला – मरिच , प्याज र लसुनलाई पिसेर पानीसँग मिसाएर मिश्रण बनाउनुहोस् । यस मिश्रणलाई साङ्ला आउने ठाउँमा छर्किनुहोस् । यसको गन्धलाई सहन नसकेर साङ्ला भाग्छ । झिंगा – झिंगाबाट छुट्कारा पाउनको लागि घरलाई सफा राख्न जरुरी छ । यसका साथै ढोका सधैं बन्द गनुपर्ने हुन्छ । यसो गर्नाले पनि झिंगा आउने समस्या हुन्छ भने, कपासलाई धेरै गन्ध आउने तेलमा डुबाएर ढोकासँगै राख्नुहोस् । तेलको गन्धले गर्दा झिंगाहरु बाहिर जाने गर्छन् । उडुस – प्याजको रस उडुसलाई मार्नको लागि राम्रो औषधि हो । यसको गन्धले श्वास फेर्नमा उडुसलाई कठिनाई हुन्छ , जस्ले गर्दा उडुस तुरुन्तै मर्छ । माउसुली – माउसुलीलाई घरबाट भगाउने यो निकै नै राम्रो तरिका हो । ५–६ मयुरको प्वाँखलाई भित्तामा टाँस्नाले केही दिनमै माउसुली गायब हुन्छ ।


