नागपञ्चमीमा नागको पूजा अर्चना

काठमाडौं, १० साउन । नेपालमा नाग नाग पञ्चमी पर्व धुमधामका साथ मनाइने चलन छ । हरेक साउन शुक्ल पञ्चमीका दिन विभिन्न नागस्थानहरुमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाउने परम्परा रहँदै आएको छ ।
नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूल प्रवेशद्वारमा टाँसेर अर्चना गर्दै यी नागप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन रही आएको छ । शास्त्र अनुसार अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शङ्ख, पद्म, महापद्म गरी आठ नागको विशेष महत्व रहेको वर्णन गरिएको छ । नागको पूजा गर्दा यो वर्षभरि कुनै किसिमको सर्पको भय नहुने विश्वास गरिदै आएको छ ।


