एआईजी ढकाललाई मानवश्रोत बिभागको जिम्मेवारी
इशा अधिकारी,काठमाडौं।नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) भीम प्रसाद ढकालको मानवश्रोत बिकास बिभागमा पदस्थापन भएको छ।

हालै मात्र डीआईजीबाट एआईजीमा बढुवा भएका ढकाललाई बिहिवार सो बिभागमा पदस्थापन गरिएको हो।ढकालको पदस्थापन हुनुअघि यो बिभागको जिम्मेवारीमा एआईजी टेकप्रसाद राई थिए।मन्त्रीपरिषद् बैठकले राईलाई प्रशासन बिभागको जिम्मेवारी दिने निर्णय गरेको छ।
मानव श्रोत बिभागको जिम्मेवारी पाउनु अघि ढकाल नेपाल प्रहरीको प्रबक्ताका रुपमा कार्यरत थिए।प्रहरी प्रबक्ताको जिम्मेवारीमै रहेकै बेला बैशाख ३ गते ढकालको डीआईजीबाट एआईजीमा बढुवा सिफारिस भएको थियो।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरेको थियो।
एआईजी ढकाल नेपाल प्रहरीभित्र इमान्दार र निष्कलंकित उच्च प्रहरी अधिकृत हुन्।उनले आफुलाई प्राप्त जिम्मेवारी विवादरहित ढंगले निर्बाह गर्दै आएका छन्।

