गुणस्तरीय ई-कमर्स सेवाका लागि विशेष पहल गर्न आवश्यक : वरिष्ठ उपाध्यक्ष ढकाल
काठमाडौं( नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुरक्षित र सहज सेवा प्रवाहका लागि उच्चस्तरीय सूचना प्रविधिको प्रवर्द्धन गर्न आवश्यक रहेको बताएका छन्।

शुक्रबार कम्प्युटर एसोसियसन नेपाल ९क्यान० महासंघद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले उच्चस्तरीय सूचना प्रविधिको प्रवर्द्धन नगरी मुलुक बलियो बन्न नसक्ने हुँदा यसका लागि सम्पूर्ण सेवा तथा व्यवसायलाई डिजिटाइज गर्नुपर्ने बताए।
उनले अबको युग भनेको सूचना प्रविधिको युग हो भन्दै सम्पूर्ण सेवा तथा व्यवसायलाई गुणस्तरीय र भरपर्दो डिजिटाइजेसनमा लैजान सुझाव दिएका छन्।
विस्तारै बढ्दै गरेको सूचना प्रविधिले कोभिड(१९ को महामारीपछि ठूलो फड्को मारेको बताउँदै उनले यस अवसरलाई सदुपयोग गर्दै सम्पूर्ण सेवा तथा व्यवसायलाई डिजिटाइजेसनमा लैजानसमेत आग्रह गरे।
ुहामीले सूचना प्रविधिको महत्त्व पहिले पनि बुझेकै हो। तर, महामारीको समयमा यो हाम्रो जीविका चलाउने मुख्य माध्यम नै बन्न गयो र यसलाई हामी सबैले सहजरुपमा स्वीकार पनि गर्यौं,ु उनले भने।
महासंघले सूचना प्रविधिको विकासलाई ठूलो महत्त्व दिएको र महासंघको भिजन पेपरमासमेत सूचना प्रविधिको विकासलाई प्रमुखताका साथ समेटेको बताए।

