कुन्ताबेसीमा अन्नपूर्णको छैठौं सदस्य सेवाकेन्द्र स्थापना



बनेपा ।अन्नपूर्ण बहुमुखी सहकारी संस्था लिमिटेड भक्तपुरले आफ्नो छैठौं सदस्य सेवा केन्द्र काभ्रेपलान्चोक जिल्ला मन्डनदेउपुर नगरपालिकाको कुन्तावेँसीमा स्थापना गरेको छ।

दुई सय सदस्य रहेको सो सेवाकेन्द्रको उद्घाटन सोमबार प्रमुख अतिथि मन्डन्देउपुरका नगर प्रमुख टोक बहादुर वाइवाले गर्नुभएको हो।शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान सहित आयोजना गरिएको सो कार्यक्रममा नगरप्रमुख वाईवाले सहकारीहरुले ब्याजका लागी मात्र लगानी नगरी रोजगार प्रबर्द्धन तथा आयआर्जनको क्षेत्रमा प्राथमिकता दिनुपर्ने बताउनुभयो। मन्डनदेउपुर नगरपालिकाले प्राथमिकतामा राखेको कृषि र पर्यटनको बिकासका लागि पनि सहकारी संस्थाको भूमिका महत्वपुर्ण हुने बताउनुभयो।

सेवाकेन्द्र संयोजक राजन प्रसाद पराजुलीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सहकारीका अध्यक्ष देवराज न्यौपानेले आफुहरुसंग रहेको श्रोत र मण्डनबासीहरुको समिश्रणबाट समृद्ध नगरको कल्पना लाई साकार पार्नुपर्ने बताउनुभयो। गर्नु भएको थियो। बचत संकलन र ऋण लगानी मात्रै संस्थाको प्राथमिकता नभइ आयआर्जन गरौं भन्ने सदस्यका लागि व्यावसायिक परामर्शसहित आवश्यक पुंजी तथा ज्ञान र सीप पनि प्रदान गर्ने न्यौपानेको भनाई थियो।

कार्यक्रममा विशेष अतिथी मन्डन्देउपुर नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत प्रणराज नेउपाने, वडा नं ५,७,८,९,र ११ का वडाध्यक्षहरु, नेकपा समाजवादीका नेता गोकुल गौतम, नेपाली कांग्रेसका कश्यप प्रसाद पौडेल र माओवादी केन्द्रका रामचन्द्र नेउपाने तथा सहकारीकर्मी अम्बिका हमाल ,शान्ति प्रसाद पौडेलको उपस्थिति रहेको थियो ।

स्वागत संस्थाका ब्यस्थापक महेन्द्र भट्टराईले स्वागत मन्त्ब्य र सन्चालन सेवाकेन्द्र प्रमुख बलराम सापकोटाले गर्नुभएको सो कार्यक्रममा रहेको ५०औं जना सदस्य समेत बन्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्