नेचासल्यान : सामाजिक सुरक्षाभत्ता दशैं बिदा अघि नै बितरण गर्न कांग्रेसको माग



खगिन्द्रराज बास्तोला
सोलुखुम्बु। नेपाली कांग्रेस नेचासल्यान गाउँपालिका समितिले सामाजिक सुरक्षाभत्ता दशैं बिदा अगाडि नै उपलब्ध गराउन स्थानीय सरकारसंग आग्रह गरेको छ।

अशक्त,अपांग र बृद्दबृद्दाहरुले खाईपाई आएको सामाजिक सुरक्षा भत्ता समयमै उपलब्ध नगराउंदा चाडपर्व खल्लो हुने जनगुनासो आएको भन्दै गाउँपालिका समिति सभापति निरकुमार शर्मा ९जय नेपाल० ले आईतवार एक प्रेस बिज्ञप्तिमार्फत सो आग्रह गरेका हुन।

बिज्ञप्तिमा उनले हालसम्म चौमासिक रूपमा उपलब्ध गराइंदै आएको शिक्षकहरुको तलबभत्ता ३ महिनाको मात्र उपलब्ध गराईएको प्रति पार्टीको ध्यानाकर्षण भएको जनाउँदै शिक्षा नियमावलीमा उल्लेख भए अनुसार उपलब्ध गराउन समेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्