कलाकार कोपिला थापालाई आथिक सहयोग
काठमाडौ,७ कार्तिक । करिब तीन वर्षअघि भारतको उत्तराखण्डस्थित निम करौरी बाबाको कैंची धाम दर्शनका लागि जाने क्रममा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएकी कलाकार कोपिला थापाको उपचारमा आर्थिक समस्या बढ्दै गएपछि चलचित्र जाँचपास समितिका सदस्य तथा फिल्म निर्देशक सन्तोष बाबु लोहनीले सहयोग गरेका छन्।

चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको रोहवरमा सन्तोष लोहनीले पछिल्लो असार महिनामा नौ वटा नेपाली फिल्मको सेन्सर (जाँचपास) गरेबापत प्राप्त गरेको सम्पूर्ण भत्ता सहयोगस्वरूप कोपिलालाई हस्तान्तरण गरेका हुन्। उनले हरेक महिना नेपाली फिल्मको सेन्सरबाट प्राप्त हुने आफ्नो भत्ता आर्थिक तथा अन्य समस्यामा परेका फिल्मकर्मीलाई सहयोग गर्ने योजना अनुरूप कोपिला थापाबाट यो अभियान सुरु गरेको कुरा बताईएको छन् ।
कलाकार थापाको हाल एन्जल हेल्थ केएर सेन्टर हात्तिगौडामा अपचार गराई रहनु भएकोछ।

