दशैंलाई लक्षित गर्दै नेपाली सेनाद्वारा निशुल्क सडक यातायात र हवाई सेवा प्रदान



काठमाडौं । नेपाली सेनाले दशैं विदामा घर जाने सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारलाई निशुल्क यातायात सेवा उपलब्ध गराउन सुरु गरेको छ ।

विभिन्न कल्याणकारी सेवा–सुविधा अन्तर्गत सहुलियतको यातायात सुविधा प्रदान गरिएको नेपाली सेनाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । यो सेवा सेनाले असोज १८ गतेदेखि ३० गतेसम्म उपलब्ध गराउने जनाएको छ ।

सेनाले बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारलाई सडक यातायात र हवाई सेवा दुवै प्रदान गर्ने बताएको छ ।

सडक सञ्जालको सहज पहुँच पुगेका स्थानहरुमा सडक यातायात बाट र सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी/हिमाली क्षेत्रहरुमा हवाई उडान संचालन गरिएको सेनाले जानकारी दिएको छ ।

यो योजना अनुरुप हालसम्म सडक यातायात सेवाबाट ५२० जना सकलदर्जा एवं आश्रित परिवारहरु र हवाई उडानमार्फत ८६ जना लाभान्वित भएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्