देशभर आज मध्यमदेखि हल्का बर्षा हुने सम्भावना
काठमाडौं । आज देशभर मौसम बदली हुने छ । देशभर मौसम बदली हुँदा धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धर बताउँछिन् ।

“तराई क्षेत्रमा भन्दा पनि पहाड र हिमाली क्षेत्रमा वर्षाको सम्भावना छ,” मौसमविद् प्रतिभा मानन्धर भन्छिन्, “विहानभन्दा पनि अपराह्न पछि वर्षाको सम्भावना रहेको छ ।” तराइका पनि केही क्षेत्रमा भने वर्षा हुने छ ।
आज राति पनि वर्षा हुने उनको भनाइ छ । विशेष मनसुन भने सकिने क्रम सुरु भएको छ ।
“विशेष मनसुन सकिने क्रम सुरु भएकाले भारी वर्षाको सम्भावना भने कम छ । सामान्यदेखि मध्यम वर्षा हुने छ,” उनी भन्छिन् ।
काठमाडौं उपत्यकामा पनि विहान र मध्याह्न केही घाम लागे पनि अपराह्नपछि भने वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

