स्वास्थ्य संस्थालाइ सामाग्री हस्तान्तरण गर्दै कार्कीले भने ‘सबै मिलेर कोरोना परास्त गरौं’



सोलुखुम्बु , २३ जेठ।नेपाली कांग्रेस सोलुखुम्बुका नेतासमेत रहेका वरिष्ठ उद्धमी एबम समाजसेवी प्रकाशसिंह कार्कीले जिल्लाको नेचासल्यान गाउँ पालिकामा रहेका विभिन्न स्वास्थ्यसंस्थाहरुलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन।

सोलुखुम्बुबाट काठमाडौ गएर अस्थायी बसोबास गरिरहेका कतिपय जिल्लाबासीहरुलाइ विभिन्न चरणमा राहत उपलब्ध गराइरहेका कार्की स्वास्थ्य सामग्रीसहित बुधबारमात्रै सल्लेरी आइपुगेका थिए।बिहिवार जिल्ला अस्पताल फाप्लुसहित विभिन्न स्थानीय तहका १० स्वास्थ्यसंस्थालाई सदरमुकामबाटै स्वास्थ्यसामाग्री हस्तान्तरण गरेका कार्कीले शुक्रबार गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलामार्फत साविक नेचा बेतघारी र बतासे गाबिसमा रहेका स्वास्थ्य संस्था र साविक सल्यान गाबिसलाइ छुट्टाछुट्टै रुपमा स्वास्थ्यसामाग्री बितरण गरेको नेबिसंघका नेता दिनराज बास्तोलाले जानकारी दिए।

बास्तोलाका अनुसार साविक नेचाका दुइवटा गाबिसलाइ ६ सेट पीपीइ, ३ थर्मगन, ३ वटा सेनिटाइजर र ६००माक्स नेचासल्यान गाउँपालिका र साविक सल्यान गाबिसका लागि प्राथमिक स्वास्थ्यकेन्द्र सल्यानलाई ४ सेट पीपीइ, १ सेनिटाइजर र २०० मास्क हस्तान्तरण हस्तान्तरण गरिएको हो।हस्तान्तरण कार्यक्रममा नेता कार्की सहित लाइन्स क्लब अफ काठमाण्डौ क्यापिटलका अध्यक्ष मन्दिरा बस्नेत कार्की,स्थानीय तहका पदाधिकारी र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको बताइएको छ।

लाइन्स क्लब र आफ्नो ब्यक्तिगत लगानीमा जिल्लाभरका स्वास्थ्य संस्थालाई ५२ सेट पिपिइ, १४ थान थर्मल गन, चार हजार थान सर्जिकल मास्क, सेनिटाइजर र सावुन वितरण गरिएको कांग्रेस नेता कार्कीले जानकारी दिए।

कोरोना संक्रमणको यो महामारीमा स्वास्थ्य सामाग्रीहरुको अभावका कारण स्वास्थ्यकर्मीहरुले त्रसित भएर काम गर्नुपरिरहेको अवस्थालाई दृष्टिगत गर्दै आफुले स्वास्थ्य सामाग्री बितरणको निर्णय गरेको बताए।स्वास्थ्यकर्मीहरुसहित समाजका विभिन्न पक्षलाई आफु बचेर अरुलाइ पनि बचाउनु पर्ने त्रासपूर्ण अवस्था सृजना गरिदिएको बताउदै कार्कीले सबै पक्षको समन्वय बिना यस्लाइ परास्त गर्न नसकिने भएकोले सचेत भएर अगाडी बढ्न आग्रह गरे।आफू पनि कोरोनाबिरुद्दको लडाइमा हातेमालो गर्न तयाररहेको बताउंदै उनले आवश्यकताका आधारमा आगामी दिनमा पनि स्वास्थ्यसामाग्री उपलब्ध गराउंदै जाने बचनबद्द्ता प्रकट गरेका थिए।

बिहिवार जिल्ला अस्पताल फाप्लुलाइ हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्री बुझ्दै जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक समेत रहेका अस्पताल विकास समितिका अध्यक्ष वीर कुमार राईले प्राप्त स्वास्थ्य सामाग्रीले विपद सामनाका लागि सहयोग पुग्ने बताए ।

त्यस अवसरमा सोताङ र महाकुलुङका लागि जिल्ला समन्वय समितिका संयोजक वीर कुमार राई मार्फत पठाइएको बताइएको छ। थुलुङ दुधकोशी गाउँपालिका र सोलु हेल्थ केयर सेन्टरलाई विहिबार नै सामाग्री वितरण गरिएको र बेनी, लिखुपिके, माप्य दुधकोशीका स्वास्थ्य संस्थालाई पनि सामाग्री पठाइएको बास्तोलाले जानकारी दिए।

लाइन्स क्लब अफ काठमाण्डौ क्यापिटलका अध्यक्ष मन्दिरा बस्नेत कार्कीले कोरोना भाइरससंग जोगिनका लागि आवश्यक सावधानी सबैले अपनाउनु जरुरी रहेको बताइन।संकटका बेला अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीहरु अहिले सबैबन्दा बढी जोखिममा हुने भन्दै अध्यक्ष कार्कीले स्वास्थ्यकर्मीको सुरक्षामा केही योगदान पुगोस् भनेर आवश्यक स्वास्थ्य सामाग्री वितरण गरिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्