राष्ट्र बैङ्कले १५ अर्ब बराबरको विकास ऋणपत्र विक्री गर्ने



काठमाडौं, २२ असार । नेपाल राष्ट्र बैङ्कले असार २२ गते मङ्गलवार १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक खर्च रकम जुटाउनका लागि नेपाल राष्ट्र बैकले विकास ऋणपत्र जारी गर्न लागेको हो ।

निष्कासन हुने विकास ऋणपत्र ५ वर्ष अवधि रहेको छ । बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदको लागि बैङ्क तथा वित्तीय संस्था, गैर बैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैङ्कको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्