खुम्बु पासाङल्हामू : कोङ्दे युवा क्लबको झण्डा सगरमाथामा

लाक्पा ग्याल्जेन शेर्पा
सोलुखुम्बु ।खुम्बु क्षेत्रमा समाजसेवाको पर्याय बनेको रहेको कोङ्दे युवा क्लबको झण्डा बिश्वको सर्बोच्च शिखर सगरमाथामा फहर्याईएको छ।

खुम्बुपासङल्हामु गाउँपालिका १ बुप्सामा २०६५ सालमा स्थापना भएको सो क्लबको झण्डा अध्यक्ष आङछोम्बी शेर्पाले जुन १ मा सगरमाथामा फहर्याएका हुन।
अध्यक्ष आङछोम्बीको यो चौथो सगरमाथा आरोहण हो।
क्लबको झण्डा अध्यक्ष आङछोम्बी र सचिव मिङमा तेन्डी शेर्पाले संयुक्त रूपमा फहर्याउने योजनाका साथ दुबैजना आरोहणमा निस्किए पनि सचिव मिङमातेन्डीको स्वास्थ्य बिगि्रएका कारण सो उद्देश्य भने पूरा नभएको क्लबले जनाएको छ।

